nepal ahile circle final NEW

उर्जाशील समय भारतमा, उमेर ढल्किएपछि पछुतो

उर्जाशील समय भारतमा, उमेर ढल्किएपछि पछुतो

जाजरकोट, ३ पुस। विद्यालय पढ्ने उमेरमा आर्थिक संकट भएपछि भारत गएर कमाउने सपना बोक्नेहरु कुलतमा फसेर फर्कने गरेको पाइएको छ ।

सुरुमा रमाइलोको लागि सेवन गरिने मदिराजन्य पदार्थपछि लतकै रुपमा प्रयोग गर्न थालेपछ अधिकांश यूवाहरुको उर्जाशील समय खेर गएको छ ।

विद्यालय उमेरका बालबालिकालाई फकाइएर भारत लैजाने, आर्थिक शोषण गर्ने समूहको फन्दामा परेर धेरै युवाहरु कुलतको दलदलमा फसेको पाइएको हो ।

प्रलोभनमा परेर भारत पुर्याइ बालबालिकालाई श्रम शोषण गरेर ठेकेदारहरु सम्पर्क विहीन हुँदा उनीहरु अलपत्रमा पर्ने गरेका छन् । वषौंसम्म भारतका बिभिन्न ठाउँमा बिताउँदै गर्दा कुलतमा फसेर जिन्दगी नै बर्बाद हुने गरेको छ ।

त्यसमा पनि उर्जाशील समय भारतमा विताउँदा पछिल्लो जिवन कतिपयको कष्टकर बनेको छ ।

केही सर्वसाधारणहरु आर्थिक रुपमा सक्षम हुन भारत गए पनि वषौं बसेर खाली हात फर्कदा आफ्नो थाकथलोमा भएको जमिनसमेत बाँझो हुन पुगेको छ । मनग्य पैसा कमाउने भन्दै ७ वर्ष पहिला परिवारसहित भारत पुगेका बारेकोट गाउँपालिका –२ का दिपी नेपालीको परिवार अहिले रित्तो हात फर्किएको छ ।

१२ घण्टा काम गरेर पनि कमाइ नभएपछि आफूहरु हैरान हुँदै घर फर्कन बाध्य भएको उनले बताइन् । दैनिक ३५० कमाइले के हुनु ? उनले थपिन् । भारतमा गएर अर्काको काम गरेर जिन्दगी कहाँ सप्रिनु , मात्र आफ्नो घरको सबै सकिने हो ? उनले भनिन् । भारतमा २८ वर्ष विताएर रित्तो हात फर्किएका नरबहादुर विक अहिले घर आएर भाइबुहारीसँग बस्न बाध्य छन् । न कमाई भयो, न उमेर बच्यो भारतीय नागरिकको गुलाम बनेर जवानी फालेको गुनासो उनले पोखे ।

बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपाली आज भन्दा ३ वर्ष पहिले भारतमा छोराछोरीसहित सबै परिवार लिएर गए । अहिले घर फर्कदा रित्तो हात आएका उनीहरु एकातिर छोरा, छोरीको पढाइ बिग्रियो अर्को तीर घरखेत बाँझो रहेको भन्दै पीडा सुनाउछन् । उर्जाशिल उमेर खेर गएको भन्दै पछुताउनु बाहेक अन्य बाँकी नरहेको अधिकांको गुनासो छ ।
कोही बाध्यता त कोही लहइलहईमा लागेर भारत गइ समस्यामा परेको धेरै उजुरी तथा गुनासो आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘कम्तिमा महिनामा १२ भन्दा बढी भारत गएकाहरुको मात्र गुनासो आउने गरेको छ’, डिएसपी मधुकुमार थापाले बताए । सिमानामा पर्ने समस्यदेखि बाटोमै लुटिने सम्माको गुनासो अत्यधिक रहेको उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्