गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २४ हजार ७६२ पुग्यो

  • नेपाल अहिले
  • माघ ६, २०८०
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २४ हजार ७६२ पुग्यो

काठगमाडौं । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन् ।

जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् । वेस्ट बैंकमा, इजरायली सेनाले बिहीवार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ ।

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media