कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

  • नेपाल अहिले
  • पौष १९, २०८०
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media