‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा कांग्रेस सभापति देउवाको आपत्ति

  • राजाराम पौडेल
  • पौष ३, २०८०
‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा कांग्रेस सभापति देउवाको आपत्ति

पोखरा । नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले ‘भ्रष्टाचारबाट पार्टीलाई बचा‍औं’ भन्ने वाक्यमा आपत्ति जनाएका छन् । पोखरामा आजबाट शुरु भएको नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन उद्घाटन सत्रमा पुगेका देउवाले मञ्चमा टाँगिएको ब्यानरमा लेखिएको उक्त शब्द प्रति आपत्ति जनाएका हुन् ।

यो विषयमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मासँग उनको भनाभन समेत भयो । त्यसपछि उक्त्त शब्दलाई छोपेर कार्यक्रम सञ्चालन भएको छ ।

संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गरेको हो ।
पोखरा सभागृहमा हुने सम्मेलनको उद्घाटनका लागि आएका पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्मेलनलाई सम्बोधन गर्दैछन्।

सम्मेलनमा प्रदेश कार्यसमितिसहित प्रदेशभरिका ११ जिल्लाबाट पाँच सय जना प्रतिनिधिहरू सहभागी हुने प्रदेश सभापति शर्माले बताए । सम्मेलनको बन्दसत्र बुधबार  पोखरा पार्टी प्यालेस बास्तोलाथरमा बन्दसत्र हुनेछ ।

गण्डकी सभापति शर्माले आइतबार भएको पत्रकार सम्मेलनमा समेत केन्द्रीय नेतृत्वको तिव्र आलोचना गरेका थिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media