
पोखरा । पोखरामा स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा जोजिजु म्युजिक स्कुल रानीपौवामा कार्यक्रम आयोजना गरिएको थियो । जुन कार्यक्रम मार्फत स्वर सम्राट नारायण गोपालका चर्चित गीतमा आवाज र धुन भर्दै पोखराका कलाकारले उनलाई सम्झिए ।
कार्यक्रममा नबराज बराल, सबिना सुनाम, पिङ्गला भट्ट, विनित जोजिजु, लक्ष्मी गिरी, विनोद राई, प्रदीप सारु, एमडी काफ्ले, जय चापागाईं, अर्जुन नकर्मी, नबिन छन्त्याल, रोशन गुरुङ, गौरव थापा, महिमा श्रेष्ठ,नबिन थापा,उत्प्रेम जोजिजुले आफ्नो आवाजमा नारायण गोपालका गीत सुनाए ।
उनीहरुले तिमी देउ या नदेउ, सिरीमा सिरी , बिर्सेर फेरी मलाई नहेर , मेरो आँखालाइ राख्ने , झरेको पात झै, मेरो गीत मेरो प्रतिबिम्ब , तिम्रो जस्तो मुटु , केही मिठो बात गर , अल्झेछ क्यारे पछ्यौरी , तिम्रो जस्तो मुटु , यति चोखो यति मिठो , केहि मिठो बात गर , सानै हुरीमा, मलाई नसोध गीत सुनाएका थिए ।
संगीतको धुन भरेर हार्मोनियममा नबराज बराल र पप्पु थापा मगर, तबलामा मिलन गिरी, गितारमा उत्प्रेम जोजिजु , बेस गितारमा अनुपम र क्याजोनमा जय चापागाईं साथ दिए । सानु जोजिजुले भोइलिनको धुन मार्फत यति धेरै माया दिइ गीत प्रस्तुत गरिन् ।
सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानकाअध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पदमराज ढकाल, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष अभिमन्यु बिक्रम राणा र सचिब एवं जोजिजु म्युजिकका व्यवस्थापक सानु जोजिजुले बाेलेका थिए ।
