पोखरामा सवारी दुर्घटनामा १ जनाको मृत्यु

  • नेपाल अहिले
  • कार्तिक ३, २०८०
पोखरामा सवारी दुर्घटनामा १ जनाको मृत्यु

पोखरा । पोखरामा माेटरसाइकल एकआपसमा ठक्कर खाँदा १ काे  मुत्यु , २ जना घाइते भएका छन् ।

पाेखरा महानगरपालिका वडा नं २५ हेम्जा फुर्केटारी चोकमा बिहिबार सवारी दुर्घटना हुदा गम्भिर घाइते भएका ग १६ प २९१ नं का चालक सुक्रराज श्रेष्ठलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकाे थियाे ।

अस्पताल प्रशासनले श्रेष्ठकाे राति ८ :१० बजे मृत्यु भएकाे जानकारी दिएकाे थियाे। मृत्यु हुने श्रेष्ठ गोरखा जिल्ला पालुङटार घर भएका वर्ष ३० काे रहेकाे प्रहरी प्रवक्ता श्रवण कुमार विकले बताए ।

दुर्घटनामा घाईते भएका बागमती प्रदेश ०२(०१६ प ७०८४ नं को मोटरसाईकलका चालक र पछाडी सवार व्यक्तिकाे हाल पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको विकले जानकारी दिए।

अस्थाइ प्रहरी पोष्ट हेम्जाबाट प्रहरी टोलीले खटिइ दुवै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको विकले बताए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media