कङ्गोमा आफ्नै बच्चाको मृत्युसंस्कारमा आएका माथि गोली बर्साउँदा १३ जनाको मृत्यु

  • नेपाल अहिले
  • श्रावण ७, २०८०
कङ्गोमा आफ्नै बच्चाको मृत्युसंस्कारमा आएका माथि गोली बर्साउँदा १३ जनाको मृत्यु

अफ्रिकन मुलुक कङ्गोमा एक सैनिकले उनकै बच्चाको अन्तिम संस्कारमा आएका मानिसहरुमाथि गोली बर्साउँदा १३ जनाको मृत्यु भएको छ ।

पुर्वी कङ्गोको इतुरी प्रान्तमा रहेको न्याकोभा गाउँमा भएको घटनामा ती सैनिक आफ्नो वरिपरि रहेका मानिसमाथि अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा मृत्यु हुनेमा नौ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनाको खास कारण नखुलेपनि ती सैनिकको अनुपस्थितिमै आफ्नो बच्चाको अन्तिम संस्कार हुन लागेको भन्दै रिसाएको हुनसक्ने जनाइएको छ । गोली चलाउने सैनिकको खोजी कार्य भइरहेको त्यहाँको सेनाले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media