धरानमा गोली प्रहार गरी एक युवकको हत्या

  • नेपाल अहिले
  • श्रावण ५, २०८०
धरानमा गोली प्रहार गरी एक युवकको हत्या

धरानमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ ।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै उनलाई गोली प्रहार गरिएको हो ।

विराटनगर जाँदै गरेका चौधरीको दाहिने कोखमा गोली लागेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति पहिचान भइसकेको दाबी गरेको छ । घटनाबारे अनुसन्धान जारी रहेको र गोली हान्नेहरू छिट्टै पक्राउ प्रहरीको भनाई छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media