मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • नेपाल अहिले
  • श्रावण ५, २०८०
मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

|Remains of person

धादिङको मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो काठमाडौंबाट मुग्लिङतर्फ आउदै गरेको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुमा ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको हो ।

घटनामा मोटरसाइकलको पछाडी सवार महिला घाइते भएकी छन् । मृतकको पहिचान खुलेको छैन । घटना बारे थप विवरण आउन बाकिँ नै रहेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media