सुनसरीमा कुटपिट गरि सामाजिक सञ्जालमा भिडियो हाल्ने ग्याङका तीन पक्राउ

  • नेपाल अहिले
  • श्रावण ३, २०८०
सुनसरीमा कुटपिट गरि सामाजिक सञ्जालमा भिडियो हाल्ने ग्याङका तीन पक्राउ

सुनसरीमा तीन महिलालाई निर्घात कुटपिट गरि सामाजिक सञ्जालमा भिडियो पनि अपलोड गर्ने ग्याङका तीन जना पक्राउ परेका छन् ।

असार २९ गते साँझ ५ बजेतिर सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ राजाबासस्थित चिहान डाँडाको कोशी किनारमा तीन जना महिलालाई झुक्याएर बोलाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाउने पाँच जना मध्येका तीन युवती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर बस्ने १९ वर्षीया प्रिति लिम्बु, सोही नगरपालिका वडा नं. ८ सैनिकटोल बस्ने १८ वर्षीया दुर्गा राई र २२ वर्षीया विनिता उराँव रहेका छन् ।

पक्राउ पर्ने मध्ये लिम्बुलाई सोही दिन र बाकिँ दुईजनालाई साउन २ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले सुनसरीको इटहरी बजारबाट पक्रा गरेको हो । घटना संलग्न अझै दुई जना फरार रहेका छन् । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media