
मकवानपुरमा एक सय ७५ ग्राम ०३ मिलि ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान करिब चार बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले हेटौडा-१५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा काठमाडौंबाट वीरगन्ज जाँदै गरेको बागमती प्रदेश ३-००१ ख १८०३ नं. को यात्रुवाहक बसमा सन्तोष साह सोनारको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।
बाराको जितपुर सिमरा-७ बस्ने ३३ वर्षीय सुनारले भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा लुकाई छिपाई गरी उक्त पहेलो धातु ल्याएको प्रहरी जनाएको छ । उक्त धातुको मूल्य अन्दाजी १६ लाख ६८ हजार ६६६ हुन आउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।
