सार्वजनिक गाडीमा यात्रीको साथबाट सात हजार डलर भन्दा बढी चोरी गर्ने तीन पक्राउ

  • नेपाल अहिले
  • अषाढ २१, २०८०
सार्वजनिक गाडीमा यात्रीको साथबाट सात हजार डलर भन्दा बढी चोरी गर्ने तीन पक्राउ

सार्वजनिक गाडीमा यात्रीको साथबाट सात हजार डलर भन्दा बढी चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त डलर सटही गरिदिने थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ललितपुर महानगर-१७ ग्वार्कोमा सार्वजनिक सवारीसाधनमा यात्रा गरिरहेका विष्णु अधिकारीको झोलाबाट सात हजार ४७ अमेरिकी डलर चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती-६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी-५ घर भई फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर-३ घर भई ललितपुर इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ रहेका छन् ।

उनीहरुलाई ग्वार्कोबाटै २ लाख रुपैयाँ र मोबाइलहरू सहित प्रहरीले नियन्त्रणमा लिएको हो । साथै चोरीको डलर साटिदिएको आरोपमा ललितपुरको वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जकी ५८ वर्षीया मङ्गल लक्ष्मी श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनका साथबाट एक सय डलर बराबरका २८ नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चोरी सम्बन्धी कसुरमा थप आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media