पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग मध्यराति १२ बजेबाट सुचारु

  • नेपाल अहिले
  • अषाढ २१, २०८०
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग मध्यराति १२ बजेबाट सुचारु

सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग हिजो मध्यराति १२ बजे पछि सुचारु भएको छ ।

बुधबार बेलुकी करिब ६ बजेको समयमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार र तुरतुरे बजारबीचको पृथ्वी राजमार्ग सडक खण्डमा एक सयदेखि डेढ सय मिटर माथिबाट सुख्खा पहिरो खसेको थियो । पहिरोले पूर्ण रुपमा बन्द भएको राजमार्ग सडक जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्री समेतको बिपद् व्यवस्थापन प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, Anhui kaiyuan हाइवे एन्ड ब्रीड्ज कम्पनी(चाईनिज कन्ट्रक्सन), स्थानिय पालिका तथा अन्य मानिसहरु समेतको निरन्तर प्रयास पछि खुलेको हो ।

४ घण्टा ३५ मिनेटको प्रयासमा उक्त पहिरो पन्छ्याई राजमार्ग सडक एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media