पहिरोले बेनी-मालढुङ्गा सडक अवरुद्ध, मुस्ताङ हिँडेका यात्रु रोकिए

  • नेपाल अहिले
  • अषाढ १५, २०८०
पहिरोले बेनी-मालढुङ्गा सडक अवरुद्ध, मुस्ताङ हिँडेका यात्रु रोकिए

कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी सडकमा पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।

पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा हिजो देखिको अविरल वर्षाले पहिरो खसेपछि मालढुंगा-बेनी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बेनीका लागि छुटेका सवारीसाधनहरु लस्तीमा रोकिएका छन् भने पोखरातर्फ आउँदै गरेका सवारीसाधनहरु मिलनचोकमा रोकिएका छन् ।

निरन्तर वर्षा हुँदा सडक खुलाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ । केराबारीमा विगतका वर्षमा पनि वर्षामा सधैं पहिरो झर्ने गरेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media