पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

  • नेपाल अहिले
  • अषाढ १४, २०८०
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बिहीबर दिउँसो पहिरो खसेपछि चितवनको मुग्लिन-नारायणगढ सडक अवरुद्ध बनेको छ ।

इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै दिउँसो साढे १२ बजेतिर पहिरो झरेको थियो । बुधबार साँझ देखि नै पहिरो खसिरहेको उक्त स्थानमा बेलाबेलामा सवारी आवागमन प्रभावित भइरहेको छ ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media