
|प्रतिनिधिमुलक तस्बिर
मेची राजमार्ग स्थित हेवा खोलामा अस्थायी डाइभर्सन पुल निर्माण गरेर यातायात सुचारु गरिएको छ ।
मिति २०८० असार ३ गते पाँचथर जिल्लामा आएको अबिरल बर्षाको कारण फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ लाई जोड्ने हेवाखोलाको पुल बगाइ सवारी साधनको आवागमन ठप्प भएको थियो । लामो समय ठप्प भएको अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न हेवाखोलामा अस्थायी रुपमा डाइभर्सन पुल सञ्चालनमा गरिएको हो ।
डाइभर्सन बनेसँगै हाल हेवाखोलामा तुइन, फड्के तथा डाइभर्सन पुल सञ्चालनमा रहेका छन् । डाइभर्सन संरचनाको निर्माणसँगै केहीदिन देखि उक्त स्थानमा रोकिएका सवारी साधन आवतजावत गर्न थालेका छन् ।
अस्थायी रुपमा निर्माण भएको यो डाइभर्सन पुल कुनै पनि बेला प्राकृतिक विपतको अवस्थामा क्षति भएर पुन:बाटो अवरुद्द हुन सक्ने भएको भएकाले हाईवे क्षेत्रका प्रहरी कार्यालयहरुसँग सम्पर्क गरेर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
