कैलालीमा करेन्ट लागेर पुरुषको मृत्यु

  • नेपाल अहिले
  • अषाढ १०, २०८०
कैलालीमा करेन्ट लागेर पुरुषको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनतालमा मोहन बुचामगरको घरमा बिजुलीको तार सर्ट भई सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो । टिनले छाएको भान्सामा तार सर्ट भई साउदलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक साउदको शव पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media