गोरखामा पहिरोमा परी ८५ वर्षीय वृद्धको मृत्यु

  • नेपाल अहिले
  • अषाढ ५, २०८०
गोरखामा पहिरोमा परी ८५ वर्षीय वृद्धको मृत्यु

|प्रतिनिधिमूलक तस्बिर

गोरखामा पहिरोमा परी ८५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरोमा परेर मृत्यु भएको हो । मृतक सार्की सोमबार घरबाट तल खहरे जान भनेर निस्केका थिए ।

उनी आज अबेर सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको पहिरोमा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media