पाँचथरमा पहिरोमा फसेका १२ जनाको सेनाको हेलिकप्टरबाट उद्धार

  • नेपाल अहिले
  • अषाढ ४, २०८०
पाँचथरमा पहिरोमा फसेका १२ जनाको सेनाको हेलिकप्टरबाट उद्धार

पाँचथर जिल्लामा पहिरोमा फसेका १२ जनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

असार ३ गते राती परेको अविरल वर्षाको कारण पाँचथरको याङवारक गापा-१ फेदीमा गएको पहिरोमा परि फसेका १२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आज बिहान १०;३० बजे उनीहरुलाई उद्धार गरि च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उद्धार भएकाहरुमा याङवारक गापा-१ घर भएका ६० वर्षीया नरमाया गुरूङ, उनको १६ वर्षीय नाति सन्दिप गुरूङ र ९ वर्षीया नातिनी हिमा गुरुङ, ८० वर्षीय कृष्ण बहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिक माया गुरूङ, छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीया सुनिता गुरुङ रहेका छन् ।

यसैगरी सोही स्थानमा घर भएका ४३ वर्षीय मन बहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरुङ र छोरी १६ वर्षीया सुष्मा गुरुङको पनि उद्धार गरिएको छ । उद्धार टोलीले ७० वर्षीय पदम बहादुर खालिङ र उनको श्रीमती ६८ वर्षीया मन माया खालिङको पनि उद्धार गरेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media