अभिनेत्री वर्षा शिवाकोटी नाच्दै गरेको सेटमा आगलागी 

  • नेपाल अहिले
  • जेष्ठ ३२, २०८०
अभिनेत्री वर्षा शिवाकोटी नाच्दै गरेको सेटमा आगलागी 

अभिनेत्री वर्षा शिवाकोटी नाच्दै गरेको सेटमा आगलागी भएको छ ।

बालाजुस्थित चलचित्र विकास संस्थानमा अभिनेत्री वर्षा सिवाकोटी र मुकुन भुषाल अभिनीत फिल्म ‘गणपति’ छायांकन गर्ने क्रममा आगलागी भएको हो । उक्त चलचित्रको प्रबर्द्धनात्मक गीतका लागि नृत्यको सुटिङ भइरहेका बेला आगलागि भएको जनाइएको छ ।

करिब ५ बजेतिर भएको आगलागीबाट सेट पुरै जलेर नष्ट भएको छ । घटनामा कुनै मानवीय क्षति नभएपनि करिब १० लाखको बराबरको क्षति भएको बताइएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media