एसिया कपको लाग्यो टुङ्गो : चार खेल पाकिस्तानमा, नौ खेल श्रीलंकामा हुने

  • नेपाल अहिले
  • जेष्ठ ३२, २०८०
एसिया कपको लाग्यो टुङ्गो : चार खेल पाकिस्तानमा, नौ खेल श्रीलंकामा हुने

हुने नहुने आशंकाबीच अनन्त: एसिया कप आयोजना हुने हाइब्रीड प्रारुप तय भएको छ ।

एसिसीले आज चार खेल पाकिस्तानमा र नौ खेल श्रीलंकामा हुने गरि प्रतियोगिताको प्रारुप सार्वजनिक गरेको हो । एसिसीका अनुसार अब ३१ अगस्ट देखि १७ सेप्टेम्बरसम्म ६ राष्ट्र सम्मीलित प्रतियोगिता हुनेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सहभागी हुनेछन् ।

नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । समूहमा शीर्ष दुईमा रहने टोली सुपर चारका लागि छनोट हुनेछन् । सुपर चारमा रहने दुई टोली फाइनल खेल्नेछन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media