
काश्मीरमा ५.४ रेक्टर स्केलको भुइँचालो महसुस गरिएको छ ।
मङ्गलबार दिउँसो करिब २ बजे पुर्वी काश्मीरलाई केन्द्रविन्दु पारेर भुइँचालो गएको हो ।भुइँचालोको हाइपोसेन्टर जमिनदेखि ६० किलोमिटर भित्र रहेको जनाइएको छ । भुकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको जनाइएको छ ।
भुकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।
