मोरङमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • नेपाल अहिले
  • जेष्ठ २५, २०८०
मोरङमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

|प्रतिनिधिमूलक तस्बिर

मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media