nepal ahile circle final NEW

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौँ, १३ माघ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।

केही समयदेखि विरामी गायक पौडेल घरमै आराम गरिरहेका थिए ।

उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिँदैछ । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाटमा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए ।

केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दोहोरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्