nepal ahile circle final NEW

बर्दगोरियामा सडेको अवस्थामा एक जनाको शव फेला

झापामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, १२ माघ । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।

शव पालिकाको वडा नम्बर २ का ४१ वर्षीय सुकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि बेपत्ता थिए ।

उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदनसमेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन ठिक नभएको भनेर निवेदन आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्