पोखरा, ०९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनामा गुरुङले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार छ सय ०९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
गुरुङले २५ हजार सात सय ९८ मत मत प्राप्त गर्दा बरालले २३ हजार एक हजार ८९ मत ल्याउनुभयो । गुरुङ गण्डकीका निवर्तमान सांसद समेत हुनुहुन्छ ।
क्षेत्र नम्बर १ को (१) मा नेकपा एमाले बाटै खगराज अधिकारी विजयी हुनुभयो।
अधिकारीले गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई ३ हजार नौ सय ९६ मतले पछि पार्दै निर्वाचित हुनुभयो ।
अधिकारीले १५ हजार छ सय २३ मत प्राप्त गर्दा कोइरालाले ११ हजार छ सय २७ मत ल्याउनुभयो ।