पोखरा, ०९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा २ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनामा बरालले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजीव पहारीलाई चार सय ६५ मतले पछि पार्दै प्रदेशसभामा निर्वाचित हुनुभएको हो । बरालले १२ हजार तीन सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार नौ सय ०२ मत ल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि राम भण्डारीले दुई हजार ५ सय ६० र मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी जनता समाजवादी पार्टीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी माओबादी समाजबादीका रामवृक्ष धोवीले एक सय १७ मत ल्याउनुभएको छ ।