सोमवार स्थगित माओवादी केन्द्रको स्थायी समिति बैठक आज

  • नेपाल अहिले
  • श्रावण ३१, २०७९
सोमवार स्थगित माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौं I नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।

बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्दैछ।

सोमबार स्थायी कमिटी बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने देखी बाबुराम भट्टराईसँग एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने लगायतका अजेन्डामा माओवादी केन्द्रले बैठकमा छलफल गर्ने बुझिएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media