स्पेनिस ला–लिगामा रियल म्याड्रिड स्तब्ध

  • नेपाल अहिले
  • माघ २०, २०८१
स्पेनिस ला–लिगामा रियल म्याड्रिड स्तब्ध

काठमाडौं ।   स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिबार स्तब्ध भएको छ । इस्पनयोलले रियललाई १–० पराजित गरेको छ ।

इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ ।

रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २–० ले पराजित गरेको छ ।

© 2025 All Rights Reserved | Nepal Ahile Media