भूकम्पमा परी ३ दर्जन बढीको मृत्यु

  • नेपाल अहिले
  • पौष २३, २०८१
भूकम्पमा परी ३ दर्जन बढीको मृत्यु

काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।

नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

© 2025 All Rights Reserved | Nepal Ahile Media