चिनियाँ र रुसी वायुसेनाबाट हवाई गस्तीको दोस्रो चरण पूरा

  • नेपाल अहिले
  • मंसिर १६, २०८१
चिनियाँ र रुसी वायुसेनाबाट हवाई गस्तीको दोस्रो चरण पूरा

एजेन्सी । चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् ।

यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको वायु सेनाबीचको संयुक्त तालिम र परिचालन क्षमताको प्रभावकारी परीक्षण र अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो गस्ती गरिएको हो ।

यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको र हवाई रणनीतिक गस्ती रहेको पनि चीनको रक्षा मन्त्रालयले जनाएको छ ।(सीसीटिभीप्लस)

© 2025 All Rights Reserved | Nepal Ahile Media