काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारहरु प्रदान गरेको छ ।
शङ्कर कोइराला आख्यान पुरस्कार डा. राजेन्द्र विमल, कुमार-सरस्वती साहित्य पुरस्कार-प्रा.डा. अभि सुवेदी, चूडामणि व्याकरण-कोश पुरस्कार-प्रा.मुकुन्दशरण उपाध्याय रामप्रसाद पन्त वाङ्मय पुरस्कार प्राडा गोविन्दराज भट्टराईलाई अर्पण गर्नुको साथै विभिन्न पाँच कृतिहरू लोकार्पण गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भाषाको संरक्षण गर्नु अति आवश्यक भएको भन्दै पुरस्कृत हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यसको साथै, भाषा संस्कृती जस्ता कुराहरु समाजका महत्वपूर्ण आयामहरु भएको भन्दै यसको संरक्षण आगामी सर्जकहरुले पनि गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘भाषाको संरक्षण गर्नु, यसको जगेर्ना हुनु, आगामी सर्जकहरुले पनि अगाडि बढाउदैँ लैजानु आवश्यक छ । किनभने समय भनेको गतिशिल समाज भनेको परिवर्तनशिल हुन्छ । गतिशिलता र परिवर्तनशिलताको बहाबमा मान्छे बगिरहन्छ जस्तो लाग्छ त्यसकारणले पनि भाषा संस्कृती जस्ता कुराहरु हाम्रा महत्वपूर्ण आयामहरु हुन् ।’