nepal ahile circle final NEW

पोखरामा शनिबार उपेन्द्र सुब्बाका कविता मञ्चन हुने

पोखरामा शनिबार उपेन्द्र सुब्बाका कविता मञ्चन हुने

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार कविता मञ्चन हुने भएको छ । मनसरा फिल्म युनिटको उपस्थितिमा हुने मञ्चन कार्यक्रमको तयारी पुरा भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

यहीं बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म मनसराको प्रमोशनसँगै दर्शकलाई कविता र अभिनयको स्वाद चखाउने उद्धेश्यका साथ यो कार्यक्रम हुन लागेको हो ।

दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा उपेन्द्र सुब्बाका कुल ५ वटा कविता मञ्चन हुनेछन् ।  “रंगमञ्चमा काव्य २” शिर्षकमा हुने कार्यक्रममा कलाकार मेनुका प्रधान, मिरुना मगर, प्रविण खतिवडा लगायतले कविता वाचन गर्नेछन् । यसरी वाचन भएका कविता पोखरा थिएटरले मञ्चन गर्नेछ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्