nepal ahile circle final NEW

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

पोखरा। उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

‘कीर्तिशेष प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै उहाँले सृजना गर्नु भएको तर प्रकाशन नभएका कृतिहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’ सदस्य सचिव श्रेष्ठले भने ।

यसका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शिर्षकमा सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।

गण्डकी प्रदेशको चिनारी गीतका सर्जक समेत रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ । यस दुखःद घडीमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्