nepal ahile circle final NEW

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

गण्डकी । पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ ।
अर्घौ मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्ती समेतको अवसर पारी आज मूर्ति समर्पण गरेको हो ।

समर्पण पूर्व मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना लगायतका स्थानमा रथयात्रा गरिएको समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिए।

रथयात्रा मैदानहुँदै नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै कालिका मन्दिरसम्म पुगेको थियो ।

पोखरा महानगरपालिका वडा नं. २८ को संंरक्षकत्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

विसंं १७७२ मा स्थापना भएको यो मन्दिर बेलाबेलामा जीर्णोद्धार गरिँदै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्