पोखरा महानगरपालिकाकी सब ईञ्जिनियर उषा किरण निलम्बनमा

  • नेपाल अहिले
  • बैशाख २, २०८१
पोखरा महानगरपालिकाकी सब ईञ्जिनियर उषा किरण निलम्बनमा

पोखरा । पोखरा महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेकी सब–ईञ्जिनियर उषा किरण रोकायालाई निलम्बन गरेको छ ।

सब–ईञ्जिनियर रोकाहाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ स्थानीय सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई आएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा गत चैत्र २८ गते पोखरा ५ बाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा रहेकी सब–ईञ्जिनियर रोकाहाको अनुसन्धान भईरहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालको चैत्र २८ गते प्रकाशन भएको प्रेस विज्ञप्ति बाट जानकारी प्राप्त भएको भन्दै महानगरपालिका कार्यालयले चैत्र ३० गतेको निर्णयबाट रोकाहालाई निलम्बन गरेको जनाएको छ ।

स्थानीय सेवा (गठन तथा संचालन), ऐन २०७९ को दफा १०० उपदफा (१) बमोजिम चैत्र ३० गतेदेखि लागू हुनेगरी जाँचबुझ एवं अनुसन्धान कार्य समाप्त नहुञ्जेलसम्मको लागि उनलाई निलम्बन गरिएको महानगरपालिका कार्यालयले जनाएको छ । राेकाहालाई निलम्बन गरिएकोबारे महानगरपालिका कार्यालयले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरालाई जानकारी समेत गराईसकेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media