nepal ahile circle final NEW

मैत्रीपूर्ण क्रिकेटको उपाधि नेपालले जित्यो

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौँ । भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा आज भएको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो । नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो ।

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए ।
गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्