nepal ahile circle final NEW

मेटल उद्योग आगलागीः मृतकको परिचय खुल्यो, १० लाख क्षति

झापामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे । आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्