nepal ahile circle final NEW

पोखरामा आइतबार चलचित्र साक्षरता कार्यशाला हुँदै

पोखरामा आइतबार चलचित्र साक्षरता कार्यशाला हुँदै

पोखरा । अस्कर ईन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)को आयोजनामा पोखरामा चलचित्र साक्षरता कार्यशाला हुने भएको छ । पोखरा थिएटरसँगको सहकार्यमा गैह्रापाटन पोखरामा रहेको गन्धर्व नाटकघरमा आइतबार आयोजना हुने कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

कलाकारीता क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई लक्षित गरेर गरिएको कार्यशालामा कला क्षेत्रमा क्रियाशिल भएका र कला क्षेत्रमा रुचि राख्ने जोकोही पनि सहभागी बन्न सक्ने उनले खुलाए । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने कार्यशालामा सहभागी हुन शुल्क भने लाग्नेछैन ।

देशका विभिन्न १० शहरमा  कार्यशाला गर्ने योजना अनुसार पोखरामा यो कार्यक्रम आयोजना गरिएको  अस्कर ईन्टरनेशनल कलेजका प्रशासन प्रमुख तथा निर्देशक नविन न्यौपाने बताउँछन् । “फिल्म पनि पढ्न सकिन्छ है भनेर अभियान चलाएका हौ, जसबाट नेपाली फिल्म राम्रो बनुन् भन्ने उद्धेश्य रहेको छ, २० वर्ष भयो अस्कर ईन्टरनेशनल कलेज खुलेको धेरै कलाकार निर्देशक जन्माइसकेको छ” उनले भने ।

कार्यशालामा अभिनय कला, डिजिटल दुनियामा फिल्म साक्षरताको अवस्था, चलचित्रको इतिहास, प्रश्नोत्तर लगायतका सेसन मार्फत सहभागीलाई जानकारी गराइनेछ । जसमा परासर वाग्ले, नविन न्यौपाने, सुरज कटुवालले सहजीकरण गर्नेछन् ।

कला संग्रौलाको सर्ट मुभी बुट्टे जामा र विराज कर्माचार्यको थन्स एण्ड रोज समेत सहभागीले हेर्न पाउनेछन् । अन्य ठाउँमा भएका कार्यशालामा भन्दा फिल्म नगरी पोखरामा हुने कार्यशाला अविस्मरणीय बन्ने अपेक्षा आयोजकले गरेका छन् । नि:शुल्क रुपमा सहभागी भन्न सक्ने कार्यशाला भएकोले सबैलाई यसकाे फाइदा लिन आयोजकले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्