nepal ahile circle final NEW

गायक चेतन राई नयाँ वर्षको छेको पारेर गीत पस्कने तयारीमा

गायक चेतन राई नयाँ वर्षको छेको पारेर गीत पस्कने तयारीमा

पोखरा । गायक चेतन राई नयाँ गीत पस्कने तयारीमा छन् । पछिल्लो समयमा पुन: नेपाली साँगीतिक क्षेत्रमा सक्रियता बढाउन थालेका उनले यतिबेला राष्ट्र भाव झल्केको गीत पस्कन लागेका हुन् । गीत नेपाली नयाँ वर्ष २०८१ को छेको पारेर सार्वजनिक गर्ने उनको तयारी छ ।

सञ्चारकर्मी राजाराम पौडेलको शब्द रचनामा तयार भएको गीतमा आवाज र संगीत राईको नै रहेको छ । गीतको एरेन्ज आरबी सेङदनले गरेका हुन् ।

आफ्नै गृह जिल्ला सल्यानमा छायाकंन गरिएको गीतलाई दर्शक श्रोताले रुचाउने राईको विश्वास छ । गीतको भिडियोमा समेत राईले अभिनय गरेका छन् । सुजन महरले खिचेको भिडियोको निर्देशन मनोज कुमार सुनुवारले गरेका हुन् । गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गर्नेछन्। यो गीत राईको चौथों एलबम ‘स्टेज’मा समाबेश हुनेछ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्