nepal ahile circle final NEW

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित

पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरेका थिए ।

अध्यक्षका अर्का प्रत्यासी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ । यस्तै उपाध्यक्षमा भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएका छन् ।

अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४४ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता/कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । अधिवेशनको लागि ९ सय २६ प्रतिनिधि रहेकोमा ९ सय १५ जना मतदान कार्यमा सहभागी भएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्