nepal ahile circle final NEW

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भयो रात्रीकालीन उडान, सौर्यले गर्यो पहिलो उडान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्छिग्रेडको बीचमा रहनेछ । मौसमविद् प्राधानाङ्गले भने, “आज दिउँसोपछि काठमाडौँमा बदली भई हल्का वर्षाको सम्भावना छ ।”

यसैगरी आज राति देशभर आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्