nepal ahile circle final NEW

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरे।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिए भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्