nepal ahile circle final NEW

रेवान पोखराले होली महोत्सव आयोजना गर्ने

रेवान पोखराले होली महोत्सव आयोजना गर्ने

पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले  होली महोत्सव २०८० आयोजना गर्ने भएको छ ।  विगत १७ वर्षदेखि आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको रेवानले यस वर्ष पनि  चैत्र ११ गते आइतवार होली पुर्णिमाको अवसरमा महोत्सव आयोजना गर्ने जानकारी गराएको छ ।

बिहान १०ः३० वजे अम्मट चौतारामा सवै जम्मा भै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने कार्यक्रम रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवर्द्धन थप सहयोग पुर्‍याउँनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले अम्मट देखी खहरेचोक लेकसाइड सम्म  विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाउन गैरहेका उनले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्