nepal ahile circle final NEW

कमलको निर्देशनमा ‘ङोल्स्यो रानी’ फिल्म बन्दै

कमलको निर्देशनमा ‘ङोल्स्यो रानी’ फिल्म बन्दै

पोखरा । गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ बन्ने भएको छ । गीतका भिडियोमा कोरियोग्राफी मार्फत स्थापीत बनेका कमलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको छायांकन सुरु भएको छ ।

बिश्राम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको ९० प्रतिशत छायांकन कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खादरजुङ गाउँमा हुने निर्देशक गुरुङले जानकारी दिए ।

त्रिकोणात्मक प्रेम कथा रहने फिल्ममा मनोज गुरुङ, मिरा गुरुङ, आशिष गुरुङ, डिबी गुरुङ, टिकाराम घले, लालसुब्बा गुरुङ, कुविना गुरुङ, विक्रम राना लगायतको अभिनय रहनेछ ।

जीवन गुरुङ निर्माता रहेको फिल्मको कथासमेत उनकै हो । विनिता गुरुङले श्रृंगारमा पवित्रा गुरुङले नृत्य मार्फत सघाउनेछन् । निकोलस गुरुङको छायांकनमा तयार हुने चलचित्रलाई सुन्दर बनाउन सल्लाहकार निर्देशकको रुपमा माओत्से गुरुङले साथ दिनेछन् ।

यसै फिल्मबाट निर्देशनमा हात हालेका कमल उत्साहित बनेका छन् । निर्माण युनिटको साथ र मिहेनतले फिल्म उत्कृष्ट बन्नेमा  लेखन र निर्देशन मार्फत आफ्नो क्षमता दर्शकमार्फत पस्कन खोजेका उनी  विश्वस्त देखिन्छन् । केही गुरुङ फिल्ममा अभिनय गरिसकेका कमल अभिनय भन्दा नृत्य सिकाउन सजिलो लाग्ने समेत बताउँछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्