nepal ahile circle final NEW

कास्कीका पालिकाको वित्तीय सुशासन अवस्था मध्यम जोखिम, मूल्यांकन नतिजामा रूपा अगाडि

कास्कीका पालिकाको वित्तीय सुशासन अवस्था मध्यम जोखिम, मूल्यांकन नतिजामा रूपा अगाडि

राजाराम पौडेल, पोखरा । जिल्ला समन्वय समिति कास्कीले कास्कीका पाँचवटै पालिकाको आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । बुधबार जिल्ला समन्वय समितिको कार्यालयमा नतिजा सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरेर दिएकोे विवरण अनुसार कास्कीका पालिकाको नतिजा मध्यम देखिएको छ ।

नतिजामा कास्कीका पाँचवटा पालिका मध्ये रूपा गाउँपालिका अन्य पालिकाको तुलनामा अगाडि देखिएको छ । रूपा गाउँपालिकाले योजना तथा कार्यक्रम व्यवस्थापनमा १५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लेखाकंनमा १९, लेखांकन तथा प्रतिवेदनमा १५, अनुगमन मूल्यांकन तथा लेखापरिक्षणमा ८ र राजश्व व्यवस्थापनमा १० गरेर कुल ६७ अंक प्राप्त गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाले योजना तथा कार्यक्रम व्यवस्थापनमा १२, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लेखाकंनमा १८ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १४, अनुगमन मूल्यांकन तथा लेखापरिक्षणमा ७ दशमलव ५ र राजश्व व्यवस्थापनमा १२ दशमलव ५ गरेर कुल ६४ दशमलव ५ अंक प्राप्त गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले योजना तथा कार्यक्रम व्यवस्थापनमा १७, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लेखाकंनमा १६, लेखांकन तथा प्रतिवेदनमा १३, अनुगमन मूल्यांकन तथा लेखापरिक्षणमा ६ र राजश्व व्यवस्थापनमा १० गरेर कुल ६२ अंक प्राप्त गरेको छ ।

मादी गाउँपालिकाले योजना तथा कार्यक्रम व्यवस्थापनमा १६ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लेखाकंनमा १४ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १२, अनुगमन मूल्यांकन तथा लेखापरिक्षणमा ७ दशमलव ५ र राजश्व व्यवस्थापनमा १० गरेर कुल ६० दशमलव ५ अंक प्राप्त गरेको छ ।

पोखरा महानगरपालिकाले योजना तथा कार्यक्रम व्यवस्थापनमा १६ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन लेखाकंनमा १२ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १३, अनुगमन मूल्यांकन तथा लेखापरिक्षणमा ७ दशमलव ५ र राजश्व व्यवस्थापनमा १० दशमलव ५ गरेर कुल ६० अंक प्राप्त गरेको छ ।

४० अंक सम्म आउने पालिकाको वित्तीय सुशासन अवस्था उच्च जोखिम, ४१ अंक देखि ८० सम्म अंक आउने पालिकाको वित्तीय सुशासनको अवस्था मध्यम जोखिम र ८१ भन्दा माथि अंक आउने पालिकाको वित्तीय सुशासन अवस्था न्युन जोखिम भनेर वर्गिकरण गर्ने गरिएको छ ।
कुल १ सय १८ वटा सुचकको आधारमा मूल्याकंन गरिएको हो । प्रक्रियामा ५३, नतिजामा १३ र वित्तीय अनुशासनमा ३४ गरेर सूचकहरुको तह र अंकभार निर्धारण गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका सबै पालिकाको वित्तीय सुशासनको अवस्था मध्यम जोखिम देखिएको भन्दै त्यसमा सुधार गर्दै न्युन जोखिमको अवस्थामा पुर्‍याउने गरी लागि काम गर्न आग्रह गरे ।

कास्कीका पालिकाको वित्तीय सुशासनको अवस्थाबारे वित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधी–२०७७ लाई आधार बनाइ कुल १ सय १८ वटा सुचकमा आधारित भएर कुल १०० पूर्णाकंमा मूल्यांकन गरिएको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत झबिश्वर रेग्मिले आफ्नो प्रस्तुती मार्फत कास्कीका पालिकाको वित्तीय सुशासनको अवस्थाको नतिजा सार्वजनिक गर्दै कानूनी आधार, फाइदाहरु, मूल्याकंनका चरणहरु, प्रारम्भिक नतिजा, अन्तिम नतिजा र त्यसको विश्लेषण, मुख्य सवाल र समस्याहरुको बारेमा समेत प्रष्ट पारेका थिए ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब यमुना प्रधान,गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, पोखरा महानगर पालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले कास्कीका पालिकाको वित्तीय सुशासनको अवस्थालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा बोलेका थिए । केही सुचकलाई परिवर्तन गर्नुपर्ने देखिएको समेत उनीहरुले बताए । वित्तीय सुशासन जोखिमको मूल्याकंन नतिजाको आधारमा बजेट कार्यक्रम योजना लगायत समेत निर्धारण गरिने हुँदा यसलाई ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सितादेबी बि.क. र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

कास्कीका ५ पालिका मध्ये ४ पालिकाले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ भन्दा वित्तीय सुशासन जोखिम मुल्यांकन अवस्थामा सुधार गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको भने यो वर्ष अघिल्लो वर्षको तुलनामा वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा खस्केको छ । अघिल्लो वर्ष अन्नपूर्णको ७० अंक, माछापुच्छ्रेको ५४ अंक, मादीको ५३ अंक, पोखराको ५३ अंक र रूपाको ६४ दशमलव ५ अंक आएको जिल्ला समन्वय अधिकारी पौडेलले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्