nepal ahile circle final NEW

मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

१४ फ्रेबुअरीलाई ‘काउ हग डे’ मनाउने भारतको निर्णयले मच्चायो हलचल

उलान बाटोर,  (रासस/सिन्ह्वा) । मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ ।

चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

मङ्गोलियाकोे मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम बर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ ।

जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ ।

पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ ।

सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्