nepal ahile circle final NEW

साउण्ड सिस्टम व्यवसायीको आपत्ति पछि गायिका एलिना चौहानले मागिन् माफी

साउण्ड सिस्टम व्यवसायीको आपत्ति पछि गायिका एलिना चौहानले मागिन् माफी

पोखरा । गत फागुन २० गते शनिबार पर्वतमा भएको कार्यक्रममा गरेको व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाएपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। गत फागुन २० गते शनिबार पर्वतमा भएको कार्यक्रममा साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि निन्दनीय व्यवहार गायिका चौहानले गरेको आरोप व्यवसायीले लगाएका थिए।

जि. के. साउण्ड सिस्टमका सञ्चालक गमबहादुर क्षेत्री, एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका सञ्चालक शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका सञ्चालक प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका सञ्चालक मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका सञ्चालक विनित जोजिजू र एविज साउण्ड सिस्टमका सञ्चालक एविज गुरुङले आज शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरेर गायिका चौहानले गरेको व्यवहार प्रति आपत्ति जनाए पछि गायिका चौहानले सामाजिक सञ्जाल फेसबुक मार्फत माफी मागेकी हुन् ।

‘जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो । तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु। साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु। यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो। सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।’ उनले लेखेकी छन् ।

गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा समेत व्यवसायीले गरेका थिए ।

तस्बिर: गायिका चौहानको फेसबुकबाट

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्