nepal ahile circle final NEW

गाजामा जोर्डनले सहयोग सामग्रीको ढुवानी बढायो

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २४ हजार ७६२ पुग्यो

अम्मान, (रासस–सिन्ह्वा) ।  जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ । उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पुर्‍याएको छ । गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पुर्‍याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता पुर्‍याइएको राज्यद्वारा सञ्चालित पेट्रा समाचार एजेन्सीले जनाएको छ ।

राहत र खाद्य सहायता सामग्री उत्तरी गाजाका थुप्रै स्थानहरूमा पुर्‍याइएको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सामग्री पनि त्यसमा समावेश रहेको पेट्राले उल्लेख गरेको छ ।

यस कदमलाई द्वन्द्वग्रस्त गाजापट्टीका बढ्दो इजरायली आक्रमणका कारण खाद्यान्न र औषधिको गम्भीर अभावको पूर्ति गर्न, थप चिकित्सा, राहत र खाद्य सहायता पठाउने जोर्डनको जारी प्रयासको रूपमा लिइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्