
पोखरा । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
फागुन १७ गते साँझ साढे ६ बजेको समयमा पोखरा ५ जिरो किमी स्थित रहेको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ५ प्रस्याङ बस्ने वर्ष ५१ को काजिमान बल, मालेपाटन बस्ने वर्ष २३ को अन्तिम भन्ने अस्मिन गुरुङ, जिरो किमी बस्ने वर्ष ४१ को मन बहादुर दमै, वर्ष ३२ को टोप बहादुर श्रीस, वर्ष २८ को सुशान्त ठाकुर, मालेपाटन बस्ने वर्ष ३३ को शितल कार्की, पोखरा ३ बस्ने वर्ष ३५ को बिकास गुरुङ, पोखरा १८ सराङकोट बस्ने बर्ष ४० को रमेश पराजुली र फुलवारी बस्ने बर्ष ३० को कृष्ण बहादुर छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिए ।
जिरो किमीमा रहेको धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई ३ बुक तास र तिरानब्बे हजार आठ सय दश रुपैंया नगद सहित फेला पारेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएका सबैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको सूचना अधिकारी रानाले खुलाए।
